जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको दास्रो सम्मेलनको तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको दास्रो सम्मेलन यहि वैशाख १७ गते हुने भएको छ।

वागमती प्रदेश भित्र रहेका सबै जिल्लाहरुमा सम्मेलन सकाए संगै आयोजक कमिटीले वैशाख १७ गते वागमती प्रदेशको नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यलय पेरिस डाँडा कोटेश्वर,काठमान्डौंमा प्रमुख अतिथि अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्मेलन गर्ने निर्णय गरेको जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशका अध्यक्ष विश्व दोङले बताएका छन । साथै प्रदेशको अङ्गिक संगठन हरुको सम्मेलन पनि सोहि दिन सम्पन्न गर्ने भएको छ ।

 

SHARE