पुस ७ गते तामाङ चलचित्र संघ नेपालको सातौं महाधिवेशन हुँदै

तामाङ चलचित्र संघ नेपालको १४ औं साधारण सभा तथा सातौं महाधिवेशन हुने भएको छ। काठमाडौं, जोरपाटीस्थित याङरीमा हिल सिटीमा पुस ७ गते शनिबार साधारण सभा तथा महाधिवेशन हुने संघका अध्यक्ष कुमार मोक्तानले जानकारी दिए ।

तामाङ भाषा, संस्कृति, कला र कलाकारको संरक्षण, संवर्द्धनका साथै प्रतिष्ठाका लागि स्थापित संघको नयाँ नेतृत्वले नवीन सोचका साथ कार्ययोजना अगाडि बढाउने मोक्तानको भनाइ छ । ‘नयाँ सोच, योजना र नेतृत्वको लागि पनि महाधिवेशन आवश्यक छ’, उनले भने,’नयाँ आउने नेतृत्वसँगै संघको थुप्रै कार्यविधानहरु पनि बनाउनुपर्ने छ।’ अघिल्ला एवं अहिलेको नेतृत्वले संघलाई बलियो बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउँदै मोक्तानले आगामी दिनमा पनि यसैगरी अगाडि बढ्नुपर्ने सुझाव दिए । उनले कार्यक्रममा सहभागिताका लागि सम्पुर्णमा आह्वान समेत गरे ।

SHARE