नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधान संशोधन नहुने बताएका छन् । मंगलबार एमाले केन्द्रीय समितिमा उनले तत्काल संविधान संशोधन नहुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि राष्ट्रिय सहमति र दुई तिहाइ संख्या पुग्ने सम्भावना नभएकाले तत्काल संविधान संशोधन भइहाल्ने अवस्था नरहेको बताए ।
‘संविधान संशोधनका लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, संसदमा संख्या पनि पुग्नुपर्छ’, उनको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अहिले त्यो दुवै अवस्था छैन ।’