नेकपा माओवादी केन्द्र रोशी – काठमान्डौं सम्पर्क समन्वय समिति दोस्रो पालिका सम्मेलनको तयारी अन्तिम चरणमा

नेकपा माओवादी केन्द्र रोशी – काठमान्डौं सम्पर्क समन्वय समिति दोस्रो पालिका सम्मेलनको तयारी तीव्र पारेको छ । श्रावन २६ गते लोकनथली मनोहरा भक्तपुरमा हुने रोशी – काठमान्डौं सम्पर्क समन्वय समिति दोस्रो पालिका सम्मेलनका लागि आवश्यक तयारी तीव्र बनाइएको सो समन्वय समितिले जनाएको छ ।

विभिन्न विभागीय समिति बनाएर सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने योजना बनाइएको नेकपा माओवादी केन्द्र रोशी – काठमान्डौं सम्पर्क समन्वय समितिका अध्यक्ष गौरव मोक्तानले खुल्ला पत्रलाई जानकारी दिए ।

देशै भरी पार्टी सर्कुलर अनुसार नेकपा माओवादी केन्द्र रोशी – काठमान्डौं सम्पर्क समन्वय समिति दोस्रो पालिका सम्मेलन हुन थालेको हो । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका उप महासचिव एवं पूर्व मन्त्री बर्षमान पुनले  उद्घाटन गर्ने उनले बताए ।

उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्र काभ्रे क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ विशेष अतिथि सहित रोशी पलिकाबाट काठमान्डौं आएर विभिन्न क्षेत्र पेशामा आबद्ध रहेका करिब दुई सय जनाको हाराहारीमा प्रतिनिधि सहभागी सहित सम्मेलनबाट नया कार्यसमिती गठन गरेर जाने उनको भनाइ छ ।

 

SHARE