माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कोइराला नियुक्त

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन्।

बैंकको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।

साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन्।

 

SHARE