टी-२० विश्वकप २०२६ मा नेपालको स्थान पक्का

सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपालले छनोट पक्का गरेको छ।
ओमानमा जारी एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने निश्चित भएपछि नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने अवसर पाएको हो।

आज युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष ३ स्थान सुरक्षित भएको हो।
नेपालसँगै ओमान पनि विश्वकपमा छनोट भएको छ।
दुवै टोलीका ६–६ अंक छन् र आज राति हुने नेपाल–ओमान खेलले छनोटको च्याम्पियन निर्धारण गर्नेछ।

अब एसियाबाट बाँकी एक स्थानका लागि युएई र जापानबीच प्रतिस्पर्धा हुनेछ।

SHARE