आजबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ शुरु

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ । सन् २०२३ लाई बिदा गर्दै आजबाट सन् २०२४ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्को सुरुआत भएको भन्ने मान्यता रहेको छ । विश्वव्यापी मान्यता पाएको ‘इस्वी सन’ को नयाँ वर्ष केही समय यता नेपालमा पनि शुभकामना आदान प्रदान गरि मनाउन थालिएको छ ।

विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्ष मनाउने गरेका छन् । त्यस्तै गरि अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२४ को भव्य स्वागत गरिएको छ । समाचारअनुसार नयाँ वर्षको उत्सव भव्य आतिशबाजीका साथ सुरु भएको हो । यस अवधिमा हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८.५ टन आतिशबाजी गरिएको जनाइएको छ । यो आतिशबाजीको तयारी विगत १५ महिनादेखि चलेको थियो ।

जुन आतिसबाजी १२ मिनेटसम्म चलेको थियो। नेपालमा पनि विदेशी पर्यटकहरुको चहलपहल हुने स्थानहरु (काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट, पोखरा, सौराहा, लुम्बिनी)मा नयाँ वर्ष २०२४ को स्वागत गर्दै आइतबार राति ‘न्यू इयर इभ’ मनाइएको छ ।

SHARE