२८ पस, काठमाडौं । दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् । सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् ।
यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए ।दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।