काठमाडौं उपत्यका र पूर्वी नेपालमा वर्षा

काठमाडौं उपत्यका र पूर्वी नेपालमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर,भक्तपुरमा वर्षा भइरहेको छ।

काठमाडौंको बबरमहलमा पछिल्लो एक घन्टामा ३.८ मिलिमिटर र कीर्तिपुरमा १.६ मिलिमिटर वर्षा भएको छ। ललितपुरको खुमलटारमा ४ मिलिमिटर, टीकाथलीमा १८ मिलिमिटर वर्षा भएको छ।

सिन्धुपाल्चोकमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। सिन्धुपाल्चोकको मेलम्चीमा १३ मिलिमिटर, तार्के घ्याङमा १४.६ मिलिमिर वर्षा पछिल्लो एक घन्टामा भएको छ।

पूर्वी नेपालको इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।

SHARE