७१ औं मिस वर्ल्ड प्रतियोगिताको आयोजनास्थल र मिति घोषणा

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिताको आयोजनास्थल र मिति घोषणा भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले द हिडन ट्रेजरलाई इमेलमार्फत आगामी विश्व सुन्दरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

जसअनुसार फेब्रुअरी १८ देखि मार्च ९ सम्म प्रतियोगिता भारतमा आयोजना हुनेछ । दिल्लीस्थित जी-२० सम्मेलनको आयोजनास्थल भारतमण्डपमा मिस वर्ल्डको उद्घाटन समारोह हुनेछ ।दिल्लीमा प्रतिस्पर्धी सुन्दरी आठ दिन बस्नेछन् । ग्राण्ड फिनाले चाहिं मुम्बईस्थित रिलायन्स जिया कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेले एक्स (पहिलेको ट्वीटर)मार्फत यसबारे पनि जानकारी दिएकी छन् ।

यो संस्करणमा ६ विधा हुनेछन्, जसमध्येको एक विधा ब्युटी विथ पर्पसको नियममा केही हेरफेर भएको छ । यसअघि ब्युटी विथ पर्पस विधामा एक जना मात्र विजेता चयन गरिन्थ्यो । यसपटक भने ६ महादेशबाट ६ जना विजेता चुनिनेछन् ।
यसपटक कन्टिनेन्टल ब्युटी विथ पर्पससहित टप मोडल, स्पोर्ट्स च्यालेन्ज, ट्यालेन्ट, मल्टिमिडिया च्यालेन्ज, हेड टु हेड च्यालेन्ज विधा तय गरिएको छ । नेपालबाट मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले भाग लिंदैछिन्
SHARE