नारायणप्रसाद सिप्तुङ्खा राईको नेतृत्वमा किरात राई बान्तावा खिम ३ नं. प्रदेश समिति गठन भएको छ । शनिबार राजधानीमा भएको ३ नं. प्रदेशको पहिलो सम्मेलनबाट राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो ।
किरात राई बान्तावा खिम केन्द्रीय अध्यक्ष ज्ञान किरातीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनबाट उपाध्यक्षमा पवन राई चयन भएका छन् । त्यस्तै सचिवमा सन्तोष निरा, सहसचिवमा जयबहादुर राई र कोषाध्यक्षमा जिबा राई चयन भएका छन् ।
सदस्यहरूमा जुना राई, खम्ब राई, करुणा राई, अर्जुन दुब्देहाङ राई तथा महेश बुट्टाङ राई चयन भएका छन् । त्यस्तै पवित्रा राई, मुकेश राई, अपिल बुङ्छेन राई, जब्बरसिंह राई, प्रकाश राई, बिराहाङ राई र जित बान्तावा छाङ्छा पनि सदस्यमा चयन भएका छन् ।
भाषा, धर्म, संस्कृति र पहिचान संरक्षण तथा सम्बद्र्धनका लागि काम गर्दै आइरहेको बान्तावा खिम ३ नं. प्रदेश तदर्थ समिति यसअघि भदौ २२ गते निर्माण भएको थियो । सोही समितिले प्रथम सम्मेलनको आयोजना गरेको हो ।











