काठमाडौं । शुक्रबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा लोकप्रिय गायक बद्री पंगेनी र शान्ति भण्डारीको स्वरमा रहेको गीत ‘चोली फेर्ने माया’ सार्वजनिक गरिएको छ ।
उक्त गीतमा शब्द र संगीत शिब हमालको रहेको छ भने अभिनेता पुष्प खड्का , बद्री पंगेनी र शान्ति भण्डारीको अभिनय रहेको छ । अर्जुन तिवारीको छायांकन गरेका छन भने भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।