‘जीवन्त नेपाल म्युजिक अवार्ड २०८०’ आयोजना हुने

काठमाडौँ । रामेछापका अग्लेश्वरी, सलुङ र खाँडादेवीका पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड २०८०’ आयोजना हुने भएको छ ।

आयोजक र अग्लेश्वरी हिल्स विकास कोषले राजधानीमा एक कार्यक्रमका बीच अवार्ड घोषणा गरेको हो ।अवार्ड आयोजनबाट भएको आम्दानीबाट खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गर्ने कार्यक्रम रहेको छ ।

उक्त आयोजकका अनुसार सङ्गीत प्रवर्धनसँगै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रियभाव, भासाभासी, भेग विशेष, फिल्म, पर्वजस्ता विभिन्न क्षेत्रका स्रष्टालाई अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा गायक, गायिका, सङ्गीतकार, गीतकार, सङ्गीत संयोजक, वाद्यवादन, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिस्टजस्ता विधा समेटिएका छन्

SHARE