नवलपरासीमा हजुरबुवा र नाति मृत फेला

नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाति गौचरण चमार मृत अवस्थामा फेला परेका छन् ।

उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेका हुन् । उनीहरुको शव १५ मिटरको दुरी फरकमा उत्तानो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए । उनीहरु विगत ४।५ वर्ष अगाडिदेखि खपट्टाले छाएको कच्ची छाप्रोमा बस्दै खेतीपाती गर्दै आएका थिए ।

यक्षलाल एक छोरा, बुहारी र दुई नाति र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा रोजगारीको सिलसिलामा एक-डेढ महिनाअघि भारत गएका थिए । श्रीमान् भारत गएपछि बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल एक नातिसँग मात्र बस्दै आएका थिए ।

SHARE