प्रविशा र विशालको ‘तिमीभित्र’ गीत सार्वजनिक (भिडिओ)

गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘तिमीभित्र’ बोलको गीत सार्वजनिक गरिएको हो। रोमान्टिक गीतको भिडिओमा कविता नेपाली र कपिल रसाइलीलाई देख्न सकिन्छ।

ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा मिक्सिङ र मास्टरिङ रञ्जन राईले गरेका छन्।सौरभ लामाले छायांकन गरेको गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।

यो म्युजिक भिडिओलाई कविराज गहतराजले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।

 

SHARE