कार्यक्रम वर्ल्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने भएको छ।
नृत्यमा भविष्य खोज्नेहरूका लागी उत्कृष्ट मानिने यस कार्यक्रमको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्ट प्रालिले नेपाल भित्राएको हो।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार ठमेलमा हुने जानकारी दिइयो। साथै, जुरी टिम, ट्रफीसँगै विजेताले पाउने पुरस्कार लगायतका विषयमा समेत जानकारी गराइयो।
यसमा देशैभरीबाट आवेदन परेका डान्सरहरूले विभिन्न चरण पार गर्दै विजेता बन्नेछन्।
अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ। यो रियालिटी शो नभइ एक डान्स प्रतिस्पर्धाको शो भएको आयोजकको भनाइ छ।
यसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै विजेता छनौट गरिनेछ। विजेता टिमले अमेरिकामा यहि २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागिता जनाउन पाउनेछन्, जसमा २५ देशका विजेताहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ।