६ कम्पनीको सेयर मूल्य ५२ साताकै न्यून विन्दुमा

६ कम्पनीको सेयर मूल्य ५२ साताकै न्यून विन्दुमा झरेको छ । बुधबार बजारमा कारोबार भइरहँदा यी ६ कम्पनीको मूल्य ५२ साताकै न्यून विन्दुमा छ ।

कारोबार भइरहँदा यी कम्पनीको न्यूनतम मूल्य केही तल देखिए पनि कारोबार बन्द हुँदा कायम भएको मूल्य भने ५२ साताकै न्यूनतम हो।५२ साताकै न्यूनतम मूल्यमा झरेका कम्पनीमा ५ वटा वाणिज्य बैंक र एउटा जीवन बीमा कम्पनी छ ।

वाणिज्य बैंकहरुको बैंकिङ सूचक नै करिब ४३ महिनायताकै न्यून विन्दुमा झरेको । जसले गर्दा यी ५ बैंकको मूल्य ४३ महिनायताकै न्यूनतम विन्दुमा झरेको छ ।नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र एनएमबी बैंकको मूल्य ४३ महिनायताकै न्यूनतम हो ।

SHARE