‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की र प्रितम राईले हात पारे

काठमाडौं । टेलिभिजन रियालिटी शो नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले  र गायनतर्फको ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले हात पारेका छन् ।

मेरो भ्वाइस युनिभर्स सेकेन्डको रनरअपमा शरद हुमगाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) बने । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) बने ।

‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) बने । शनिबार ललिपुरको गोदावरी सम्मेलन केन्द्रमा आयोजित फिनालेमा उनीहरुले उपाधि जितेका हुन् ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले१० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयीलाई पुरस्कार प्रदान गरेका थिए ।

SHARE