प्रकाश सपूतले गरे सिनेमा ‘वसन्त’ निर्माणको घोषणा

काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका छन् । ‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं रहनेछन् । उनको अपोजिटमा स्वस्तिमा खड्का हुनेछिन् । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रको निर्देशन पनि प्रकाश आफैँले गर्नेछन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ । चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् ।

सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । सोही सिनेमाबाट अनुभव हासिल गरेर आफैँ निर्माणमा आएको उनले बताएका छन् । गीतमा जस्तै चलचित्रमा पनि दर्शकको माया पाउने उनको विश्वास छ । आफ्नो सिनेमाको छायांकनअगाडि उनले ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् ।

SHARE