प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने भएका छन्।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

उनले जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्नका सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्।

प्रधानमन्त्रीले पठाएको पत्र प्राप्त भएको र सोही अनुसारको तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्राबधान छ।

SHARE