फिल्म ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको छ। निर्माणपक्षले सोमबार बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट गीतको भिडियो गीत सार्वजनिक गरेको हो।
यो गीत सलिना बिकेले गाएकी छिन् भने गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ। भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्माले आफ्नै पिडा देखाई रहेजस्तो अभिनय देख्न सकिन्छ।
केहि समय अघि ‘जाम त भने कुन बाटो जाम त ’ बोलको पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ।
फिल्ममा निर्देशक आशान्त शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
वेज प्रा.लि.प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।
सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ। केहि समय अघि ‘जाम त भने कुन बाटो जाम त ’ बोलको पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ।
‘ताराहरू’ भदौ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।










