धादिङस्थित पृथ्वी राजमार्गबाट मालवाहक ट्रक त्रिशुली नदीमा खसेको छ । बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ट्रकमा चालक, सहचालक र ट्रक धनी गरी तीन जना सवाल थिए। तीनै जनालाई प्रहरीले उद्धार छ । चालक नवलपरासीका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी चितवनको खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो ।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । ट्रक अनियन्त्रित भई नदीमा खसेको चालकले बताएको प्रहरीले जानकारी दिएका छन् ।
ट्रक नवलपरासीबाट चालम बोकेर काठमाडौं आउँदै थियो । नदीमा डुलेको ट्रकको केही भाग मात्रै देखिएको छ । घाइतेहरुलाई मझिमटारमा प्रारम्भिक उपचार गरी काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।









