काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा चर्चित बन्दै गएको ‘गोधुली साँझैमा’ म्युजिक भिडियोले युट्युबमा २ मिलियन भ्युज पार गर्न सफल भएको छ। उक्त सफलताको खुसीयालीमा म्युजिक भिडियोसँग आबद्ध कलाकार तथा निर्माण परिवारले केक काट्दै एकअर्काबीच शुभकामना आदानप्रदान गरेका छन्।
निर्माण परिवारले यो उपलब्धि दर्शक, श्रोता तथा शुभचिन्तकहरूको निरन्तर माया, साथ र विश्वासका कारण सम्भव भएको उल्लेख गर्दै सबैप्रति हृदयदेखि नै आभार व्यक्त गरेको छ। उनीहरूले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा साथ, सहयोग, सकारात्मक प्रतिक्रिया, अमूल्य सल्लाह–सुझाव तथा निरन्तर हौसलाका लागि सम्पूर्ण समर्थकप्रति विशेष धन्यवाद दिएका छन्।
‘गोधुली साँझैमा’ले छोटो समयमै दर्शकमाझ राम्रो लोकप्रियता हासिल गर्दै २ मिलियन भ्युज पार गरेको हो। निर्माण टोलीले आगामी दिनमा पनि यस्तै माया, विश्वास र साथ निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्दै अझ उत्कृष्ट सिर्जना लिएर दर्शकमाझ आउने प्रतिबद्धता जनाएको छ।









