गायक यस कुमारको म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ सार्वजनिक

चर्चित गायक यस कुमारको कथामा म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ।

राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाको अभिनय रहेको छ । गीतमा यस कुमारकै संगीत, एस.के. बच्चाको संगीत संयोजन   र साजन शाहको मिक्सिङ्ग/मास्टरिङ्ग रहेको छ । भने नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमारको अभिनय  रहेका छन् , सडक व्यापारीको मुख्य भूमिकामा अनु थापाको  अभिनय रहेकी छिन्।

उक्त फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन्। भिडियोमा उत्तम हुमागाईँको छायाँकन र विकास धमलाको सम्पादन  रहेको छ ।

सार्वजनिक भिडियोमा एक नगर प्रहरी प्रेमी र सडकमा मकै बेच्दै गरेकी युवतीबिचको प्रेमकथामा आधारित छ। काठमाडौँ शहरको सडक पेटीमा व्यापार गर्नेहरूलाई नगर प्रहरीले गरेको गतिविधि र त्यसमा व्यापार गर्नेहरूको समस्यालाई यस भिडियोमा दर्साएको छ ।

SHARE