नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला शाखाको ७औँ अधिवेशन सम्पन्न भएको छ । आइतबार काठमाडौंमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट भीम लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनले उपाध्यक्षमा सुदिना श्रेष्ठलाई निर्वाचित गरेको छ । त्यस्तै सचिवमा रत्नकाजी महर्जन सर्वसम्मत रुपमा निर्वाचित भए ।
कोषाध्यक्षमा दीपा सुनुवार सर्वसम्म भइन् भने भने सहसचिव (महिला)मा नितु डंगोल निर्वाचित भएकी छिन् ।
सदस्यहरूमा खुल्लातर्फ वेदबहादुर गुरुङ र किचः सिंह डंगोल निर्वाचित भएका छन् । महिला सदस्यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई निर्वाचित भएका छन् भने संस्थागततर्फ अजय खड्गी र पासा काजी शेर्पा निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशनबाट संघीय र प्रदेश प्रतिनिधिहरू समेत निर्वाचित गरेको छ । संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना एवम् प्रदेशतर्फ ९ महिलासहित २० गरी २६ जना निर्वाचित गरेको छ ।
संघीय प्रतिनिधितर्फ पूर्णभक्त दुवाल, गंगादेवी महर्जन (महिला), मिक्साङ वाइबा तामाङ (महिला), यशोदा भुजेल (महिला), हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्र भक्त श्रेष्ठ, अर्जुन बहादुर तामाङ, लाल कुमार मोक्तान, सहदेव चौधरी, शुशिला तामाङ (महिला), अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर, पुप्रिया राई (महिला), मन्जु तामाङ (महिला), निशा तामाङ (महिला) र दिलिप तामाङ निर्वाचित चुनिएका छन् ।
यस्तै प्रदेश प्रतिनिधितर्फ उदेन न्हुसामी, विमला मानन्धर (महिला), सरस्वी श्रेष्ठ सरू (महिला), मिङ्मा लामा (महिला), सबिका श्रेष्ठ (महिला), मनमाया स्याङ्बो (महिला), अनिता डंगोल (महिला), सुरज मानन्धर, एलबी सागर, प्रदीप कुमार श्रेष्ठ, हिरोज लोप्चन, तेज नाछिरिङ राई, दसीराम थारू, मनोज रत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनुवार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महजर्न, प्रजित शाक्य, हेमप्रकाश राई, श्याम लामा र प्रेम लामा निर्वाचित भएका छन् ।









