नेकपा माओवादी केन्द्र जिरी नगरपालिका -८ को वडा सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।
सम्मेलनले निमा तामाङको नेतृत्वमा २५ सदस्यिय वडा कमिटि, १३ सदस्यीय YCL कमिटि गठन गरिएको हो । सम्मेलनबाट गठित वडा कमिटिको इन्चार्ज तेम्बा शेर्पा, उपाध्यक्षमा दोर्जी शेर्पा र राम तामङ , सचिवमा केसर खाती, सह–सचिवमा लाल मान तामाङ, कोषाध्यक्षमा शिव सुनुवार (जिरेल) रहेका छन् ।
सदस्यहरुमा पदम श्रेष्ठ, चन्द्र श्रेष्ठ, देउनारायन श्रेष्ठ, डबल खाती, सुशिला खाती, देवि खाती, हर्क बहादुर भण्डारी, लेनार्बु शेर्पा, सुशा जिरेल, धन बहादुर तामाङ, पुर्णिामा दाहाल, चन्द्र सुनुवार, पदम तामाङ र कर्ण तामाङ रहेका छन् ।
त्यसैगरी सम्मेलनले युबराज तामाङको अध्यक्षतामा वडा YCL कमिटि समेत चयन गरेको छ । जसको उपाध्यक्षमा साइमन तामाङ, सुक्रम शेर्पा, सुनिल तिमल्सिना, सचीव हेनार्बु शेर्पा, सह-सचिब बिस्णु मल्ल जिरेल र कोषाध्यक्ष मनोज तामाङ रहेका छन । सदस्यहरुमा छिरिङ शेर्पा, टीका बहादुर श्रेष्ठ, सागर तामाङ, चन्द्र बहादुर बिक, पोष बहादुर तामाङ, र टीका तामाङ रहेका छन ।
कार्यक्रम जिरी नगरपालिका -८ वडा कमिटीका अध्यक्ष निमा तामाङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दोलखा जिल्ला संयोजक कमल श्रेष्ठ (ज्योति) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बक्ता श्रेष्ठले नवनिर्वाचित वडा कमिटिलाई कार्यकाल सफलताको शुभकामना दिदै देशमा माओवादी पार्टी बलियो रहेको र आगामी दिनमा जनतामाझ झनै प्रभावकारी ढंगले अघि बढ्ने बताए ।
जनताको हक अधिकारको लागि माओवादीले अवाज उठाई रहेको र आगामी मिसन ८४ मा माओवादीले जिरी नगरपालिकामा ठूलो बहुमतले बिजयी प्राप्त गर्ने नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्म शेर्पाले बताए । त्यस्तै मिसन ८४ मा पनि अत्याधिक बहुमतका साथ वडाले जित हासिल गर्नेमा आफू ढुक्क रहेको वडा अध्यक्ष कृष्ण कुमार खत्रीले बताए ।










