सञ्चार रजिष्टार कार्यालय बागमती प्रदेशको आयोजनामा पाँच दिने पडकास्ट तालिम सम्पन्न

काठमाडौं– पाच दिने पडकास्ट तालिम सम्पन्न भएको छ ।  पडकास्ट अडियो माध्यम मार्फत सीप आर्जन गरी युवाहरुलाई स्वरोजगार तथा आर्थिक आम्दानीको आधार तय गर्ने उद्देश्यले सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेशको आयोजना र तामाङ पत्रकार संघ, संघीय कार्यसमितिको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

यही असार २ देखि ६ गते सम्म सञ्चालन भएको तालिममा सञ्चार, पर्यटन, प्रशासन जस्ता विभिन्न क्षेत्रका १५ जना युवाहरु सहभागी भएका थिए । सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक द्वय सविता आचार्य र पवन आचार्यले पडकास्ट निर्माणको प्रक्रिया, विषयवस्तु चयन, पडकास्टको प्रकार, अडियो रेकर्डिङ, अडियो सम्पादन, ध्वनी छनोट, मिक्सिङ, स्पोटीफाई क्रिएटरमा अपलोडसम्मका चरणहरुबारे जानकारी दिएका थिए ।

साथै निर्माण भएको पडकास्टका लागि क्यान्भामा कभर डिजाइन, युट्युब लिङ्क र कसरी यसबाट आर्थिक रुपमा आर्जन गर्न सकिन्छ भन्नेबारे बताएका थिए । सहभागीहरुले पा“चदिने प्रशिक्षण उपयोगीमूलक भएको प्रतिक्रिया दिए । प्रशिक्षणमा सहभागी भएका नेपाल प्रहरी सेवामा रहेका हाल ट्राफिक मेट्रो एफ एममा टेक्नेसियनका रुपमा कार्यरत राजेन्द्र काफ्लले प्रशिक्षण लाभदायी रहेको बताए ।

‘हामीले तालिममा भिडियोभन्दा अडियोलाई सिक्यौ’, उनने भने, ‘यसमा हामीले अडियोलाई अडासिटीमा इडिट, म्युजिक मिक्सिङलाई समेत सिक्यौं । पडकास्ट त धेरै प्रकारका हुने रहेछन् । एउटा त गर्न सक्छु भन्ने लागेको छ ।’ त्यस्तै अर्का सहभागी शान्ति थिङले आफ्नो पर्यटन गाइडको यात्रामा तालिम प्राप्त गरेर केही गर्न सक्छु भन्ने योजना बनाएको सुनाइन् ।
सञ्चार रजिष्टार कार्यालयका प्रमुख रेवती सापकोटाले अपेक्षा गरेको भन्दा बढी कुरा सिकेको थाहा पाउ“दा खुसी लागेको सुनाए । उनले भने, ‘तामाङ समुदायको बढी हुनुहुन्छ ।

तपाई तामाङ भाषालाई प्रवद्र्धन गर्ने हो भने तामाङ भाषामा पडकास्ट बनाउनुहोस् । भाषाको प्रवद्र्धनका लागि बागमती प्रदेश र मन्त्रालयबाट नै सहयोग हुन सक्छ ।’ उनले बागमती प्रदेशमा तामाङ र नेवा भाषा सरकारी कामकाजमै सुरु भइसकेकाले यसमा काम गर्दा राम्रो हुने सुझाव दिए । तामाङ समुदायमा विवाह जस्ता धेरै संस्कृति, संस्कारलाई पडकास्ट बनाएर राखेमा समुदायका लागि हित र सेवा पनि हुन सक्ने उनले मत राखे ।

उनले थपे, ‘तपाई सकेसम्म तामाङ भाषामै गर्नुहोस् । नक्कल नगर्नुुस् । फरक मौलिकताले हामी छिटो माथि उठ्न सक्छौं । आफ्नो मौलिकताको आधारित कन्टेन्ट सुन्न लायक हुन्छ ।’ उनका अनुसार हामी सहरमुखी भएका छौं । हाम्रा कन्टेन्ट र सूचना गाउ“मा छ । नलेखिएका कथा जसले ल्याउ“छ, त्यो चाहि“ पत्रकार हो । ‘तपाईको एउटा गाउ“को कन्टेन्ट ग्लोबल कन्टेन्ट हुन सक्छ । प्रश्न गर्न सजिलो छैन । प्रश्नबाट नै सूचना आउने हो’, उनले भने ।

पत्रकारले समस्याको उजागर मात्र नभएर समाधानको उपाय पनि खोज्नुपर्ने बताउ“दै उनले पत्रकारिता रचनात्मक हुनुपर्ने बताए । यसका लागि बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालय प्रयासरत रहेको समेत उनले सुनाए । सहभागीहरुको कार्यलाई प्रोत्साहन दिन र बागमती प्रदेशका पत्रकारहरुलाई क्रियाशील बनाउन सञ्चार रजिष्टार कार्यालय सधैं तत्पर रहेको पनि उनले प्रतिबद्धता जाहेर गरे ।

प्रशिक्षक आचार्यले सहभागीहरुलाई अबको पडकास्ट यात्रा सुरु भएको भन्दै हौसला प्रदान गरिन् । उनले भनिन्, ‘पडकास्ट गर्दै सिक्ने कुरा हो । अप्ठ्यारो केही छैन । आफ्नो एउटा शैली तयार गरेर मेहनत गर्नुस् । तपाईहरु गर्न सक्नुहुन्छ । यो त तपाईहरुको सुरुवात हो ।’

तामाङ पत्रकार संघीय कार्यसमितिका अध्यक्ष नेत्र तामाङले पनि सहभागीहरुलाई सम्पूर्णमा बधाई तथा शुभकामना दि“दै आगामी यात्रा उर्जाशील भएर सुरु गर्न आग्रह गरे । उनले भने, ‘तपाईले बनाएको कन्टेन्ट देश र समुदायका लागि हुन्छ । सकेसम्म आफ्नो भाषा र संस्कृतिकै बारेमा गर्नुहोस् । त्यसका लागि तामाङ पत्रकार संघ सहयोग र सहकार्यका लागि सधैं तयार छ ।’

तालिममा श्यामलाल लामा, सोम्फे तामाङ, हिरोज लोप्चन, सुशी थिङ, सुशीला तामाङ, रस्किन बस्नेत, जंग योञ्जन, डोल्मा छिरिङ मनाङ थेन, संगीता दुवाल, जिबी लामा, बाबुलाल स्याङ्तान, प्रदीप घिमिरे लगायतका प्रशिक्षार्थीहरु सहभागी थिए ।

SHARE