काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा थियो।
केसी बुधबार नै नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।









