बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । एकाबिहानै धक्का महसुस गरिएको भूकम्पको केन्द्रविन्दु तीब्बतको डिङ्गे काउन्टी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार चीनको तीब्बतस्थित डिङ्गे काउन्टी केन्द्रविन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले लामो समयसम्म जमिन हल्लिएको थियो । हल्लिएपछि राजधानी काठमाडौंलगायतका स्थानका मानिस घरबाहिर निस्किएका थिए ।
भूकम्प चीनसहित नेपाल, भारत बंगलादेश र भुटानमा समेत महसुस गरिएको बताइएको छ ।










