आगजनीपछि भाटभटेनी सुपरमार्केटको प्रतिबद्धता : “हामी फेरि उठ्नेछौं”

काठमाडौं — मंगलबार भएको युवा आन्दोलनका क्रममा देशभरका विभिन्न शाखामा आगजनी र लुटपाटको शिकार बनेको भाटभटेनी सुपरमार्केटले पुनर्निर्माणको दृढ प्रतिबद्धता जनाएको छ।

सुपरमार्केटले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा भनिएको छ, “हाम्रो परिवारले भोगेको विनाश अत्यन्त ठूलो भए पनि फेरि उठ्ने हाम्रो संकल्प अझ बलियो छ। तपाईंहरूको समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति हो। हरेक शब्द, हरेक सानो सहयोगले हामीलाई अगाडि बढ्ने प्रेरणा दिएको छ। भाटभटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी उज्यालो भविष्यतर्फ अझ मजबुत भएर अघि बढ्नेछौं।”

युवा आन्दोलन चर्किँदै जाँदा मंगलबार राजधानीसहित देशका प्रमुख शहरमा अवस्थित भाटभटेनीका शाखाहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। लाखौं मूल्यका सामान नष्ट भए,पसलका संरचना ध्वस्त भए,कर्मचारी र ग्राहक त्रसित बने।यो घटनाले भाटभटेनी मात्र नभई रोजगारी, आपूर्ति र शहरी जीवनशैलीमा पनि प्रत्यक्ष असर पारेको छ।

 

SHARE