राष्ट्रपति पौडेलद्वारा नागरिक समाजलाई राजनीतिक स्थायित्वका लागि सक्रिय भूमिका निभाउन आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्दै हालको राजनीतिक संक्रमण र जेनजी पुस्ताको भावना सम्बोधनमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

उनले संविधानको व्यवहारिक कार्यान्वयन र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन नागरिक समाजले सहयोगी वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

भेटमा केदारभक्त माथेमा, लोकराज बराल, कृष्ण खनाल, हरि शर्मा, गेजा शर्मा वाग्लेलगायत सहभागी थिए। सहभागीहरूले लोकतन्त्र सुदृढीकरण, निष्पक्ष निर्वाचन र सुशासनका लागि निरन्तर सचेत रहिरहने प्रतिबद्धता जनाएका छन्।

SHARE