दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते

दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएको दार्चुला प्रहरी प्रवक्ता  ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ। घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।

SHARE