क्यान महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमण प्रयास: तीन जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमण प्रयासमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेम तामाङ (३२), श्रीजन अधिकारी र कोकिलबहादुर शाही (३८) रहेका छन्।

तीन जनाले सोमबार साँझ ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटअगाडि अधिकारीको गाडी रोक्दै हातपातको प्रयास गरेका थिए। घटनास्थलमा स्कुटर छाडेर भागेका श्रीजनलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक बयान अनुसार उनीहरूले प्रदीप अधिकारीजस्तै देखिने अर्का व्यक्तिमाथि आक्रमण गर्ने योजना बनाएको बताएका छन्। प्रहरीले थप अनुसन्धान जारी राखेको छ र सिसिटिभीमा देखिएका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ।

SHARE