पुन : अबरुद्ध भयो नारायणगढ -मुग्लिन सडक खण्ड

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षका अनुसार  आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए । पहिरोका कारण याे सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

SHARE