मन्त्री घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा सहभागी हुन भारत प्रस्थान

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।

कात्तिक १० देखि १३ गतेसम्म हुने उक्त सभामा ४० भन्दा बढी देशका मन्त्री सहभागी छन्। सभामा सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति, जलवायु परिवर्तन न्यूनीकरण र सहकार्यका अवसरबारे छलफल हुनेछ।

मन्त्री घिसिङले स्वच्छ ऊर्जा रूपान्तरण र क्षेत्रीय सहकार्यबारे नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। नेपाल २०८१ भदौमा आइएसएको १०१औं सदस्य राष्ट्र बनेको हो। उहाँ बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

SHARE