बुटवल । २५७० औँ बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएका छन्। यसअघि वैशाख १८ गते लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह सहभागी हुने जानकारी लुम्बिनी विकास कोषले दिएको थियो।
तर बुधबार प्रधानमन्त्रीको सचिवालयले कोषका पदाधिकारीलाई टेलिफोनमार्फत समारोहमा उपस्थित हुन नसक्ने जानकारी गराएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए।
उनका अनुसार बुद्ध जयन्ती कार्यक्रममा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल रहनेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।









