गुरुडलाई बिदाइ र सर्प वर्षलाई स्वागत गर्दै सोनाम ल्होछार मनाइँदै

आज सोनाम ल्होछार मनाइँदैछ । गरुड वर्षलाई बिदाइ तथा सर्प वर्षलाई स्वागत गर्दै सोनाम ल्होछार मनाउन लागिएको हो ।

आजबाट ल्होछार २८६१ डुल (सर्प) वर्ष सुरु हुँदैछ ।

सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ।

सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ।

सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ।

यस अवसरमा नेपाल तामाङ घेदुङले राजधानीको टुडिखेलमा विशेष समारोह आयोजना गरेको छ भने सरकारले सार्वजनिक बिदा दिएको छ।

SHARE