‘शासन मेरै’मा तामाङ संस्कृति र प्रेमको रंग

काठमाडौं । तामाङ समुदायको प्रेम, संस्कृति र सांगीतिक भावलाई समेटिएको नयाँ तामाङ गीत ‘शासन मेरै’को  म्युजिक भिडियो सार्वजनिक भएको छ।

कुमार बोम्जनको शब्द रहेको गीतमा गायक तथा संगीतकार विशाल काल्तानले संगीत दिएका छन्। गीतमा जितु लोप्चन र कान्छा रिदम तामाङको स्वर छ। जोगलाल लामाको संगीत संयोजन रहेको गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। गीत ‘ए–वान म्युजिसियन स्टुडियो’मा रेकर्ड गरिएको हो।

‘शासन मेरै’को म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका कलाकार कुमार मोक्तानसँगै निर्देशक तथा मोडल प्रतीक ङेस्युर, कृष्णा वाइबा र रमा दिम्दुङ तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियोको निर्देशन प्रतीक ङेस्युरले गरेका छन् भने कोरियोग्राफी अजय थिङले गरेका हुन्।

नथुनी जैसवालले उत्पादन व्यवस्थापन गरेको भिडियोमा सपना लम्सालले मेकअप, सञ्जोक तथा उनको टोलीले प्रकाश व्यवस्थापन र ऐता जिमेले सहायक क्यामेराको जिम्मेवारी सम्हालेका छन्। भिडियोको छायांकन तथा सम्पादन विनोद याक्खाले गरेका हुन्।

गीत तथा भिडियोले प्रेमकथासँगै तामाङ समुदायको सांस्कृतिक परिवेश, नृत्य र संगीतलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।