तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलर सार्वजनिक

 

सार्वजनिक भएको ट्रेलरमा नायक सागर घिसिङलाई प्रहरीको भूमिकामा देखाइएको छ । उनी एक्सनमा फिट देखिएका छन् । त्यस्तै सुन्दर नायिका सुष्मा मोक्तानको समेत एक्सन दृश्यले ट्रेलरमा स्थान पाएको छ । साथै मुख्य खलपात्रका रुपमा देखिएका विकास स्याङ्तानको खतरनाक अवतार पनि ट्रेलरमा समावेश गरिएको छ । यो चलचित्रको ‘तिङ मी ढुकढुक’ बोलको गीत चर्चित भइसकोको छ । यो सामाग्री तयार पार्दासम्म यो चलचित्रको ट्रेलरलाई करिब २ हजार पटक हेरिएको छ । साथै चलचित्रको चर्चित गीत ‘तिङ मी ढुकढुक’ लाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख ६७ हजारभन्दा बढी पटक हेरिएको छ ।

चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रमा सागर र सुस्मासँगै चर्चित नायिका सुकुमाया मोक्तान, शम्भु घिसिङ, विकास स्याङतान, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको कथा बोकेको छ । तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।

हेर्नुहोस् ट्रेलर-

 


प्रतिक्रिया दिनुहोस

SHARE