नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजे बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने बुझिएको छ । तिहारलगत्तै एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

 

SHARE