रेश्मा बोम्जन र योगेश लामाको “आमैले होई आमैले” को भिडियो सार्वजनिक

सेलो गीत,संगीतको जगतमा नयाँ तामाङ सेलो गीत रेश्मा बम्जन र योगेश लामाको “आमैले होई आमैले” सार्बजनिक भएको छ । जिग्मे मिडियाको युट्युब च्यानल मार्फत बिश्व संगित बजारमा छाएको छ । उक्त “आमैले होई आमैले” सेलो गीतमा प्रेम बल लामाको शब्द, योगेश लामाको संगित तथा फनिन्द्र राईको एरेन्ज रहेको छ ।

गीत संगीतमा नै केही गर्छु भनेर सांगीतिक दुनियाँमा होमिएकी गायिका रेश्मा बोम्जनकी डम्फु र सेलो, मैले क्यारम भो, यो कान्छी, के सारो हेरेको च्याङ्बा जस्ता गितहरु श्रोता अनि दर्शक माझ लोकप्रिय छन् । गायक योगेश लामाको तामाङ ठिटो, आस्याङकी छोरी जस्ता गित सेलो बजारमा चलेका छन् ।

“आमैले होई आमैले” सेलो गितको म्युजिक भिडियोमा च्याङ्बा र मैच्याङ बिचको माया पिरतीलाई देखाइएको छ । च्याङ्बाको भुमिकामा आरम्भ तामाङ छन भने मैच्याङको भुमिकामा रोहनि लामा छिन् ।
भिडियोको छायांकन, सम्पादन तथा निर्देशन सुर्य लामाको रहेको छ ।

भिडियो हेर्नुहोस ।

SHARE