मेक्सिको सीमामा १५०० अमेरिकी सेना परिचालन

मेक्सिको सँग जोडिएको अमेरिकाको दक्षिण सीमानामा सेना परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १५०० सेना परिचालन गर्न थालिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपथ ग्रहणकै समयमा छिमेकीसँगको सिमानामा सेना परिचालन गरिएको हो ।

मेक्सिकोको सीमा हुँदै गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सेना परिचालन गरिएको जनाइएको छ। बीबीसीका अनुसार सीमा क्षेत्रमा लडाकु जहाज, हेलिकोप्टरसहित १५ सय सेना परिचालन गरिएको छ, जसमध्ये १ हजार स्थल र ५ सय जल सैनिक छन्। उनीहरू बोर्डर मिसनका रूपमा परिचालित भएका छन् । दुईवटा सी–१७ र दुईवटा सी–१३० सैन्य विमान परिचालन गर्ने तयारी गरिएको छ ।

यो क्षेत्रबाट तत्कालै ५ हजार अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी रहेको कार्यवाहक रक्षामन्त्री रोबर्ट सेल्सेसले बताएका छन्। मेक्सिकोको सीमा क्षेत्रबाट निवर्तमान राष्ट्रपति जो बाइडेनको पालामा एकै वर्षमा तीन लाखसम्म आप्रवासी अमेरिका प्रवेश गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा एजेन्सीको तथ्याङ्क छ ।

SHARE