आईसीसी यु–१९ टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
मलेसियाको बांगीमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गरेको थियो । नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको थियो ।
५३ रनको झिनो लक्ष्य पछ्याएको बंगलादेशले १३.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।
बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रनको योगदान दिए। त्यस्तै नटआउट रहेकी अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाइन्।
नेपालकी पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले समान एक/एक विकेट लिए।
नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए । नेपालका ५ ब्याटर रन आउट भए ।
नेपाल रहेको समूह डी को पहिलो खेलमा शनिबारै अस्ट्रेलियाले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको थियो ।










