मंगलबारलाई बोलाइयो प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक

आगामी मंगलबार अपराह्न ४ बजे प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको छ । हाल का प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण यही २० साउनमा अनिवार्य अवकाशमा जाँदै छन् । भावी प्रधानन्यायाधीश एक महिनाअगाडि नै सिफारिस गर्नुपर्ने भए पनि अन्तिम समय आइसक्दा पनि सिफारिस हुन सकेको छैन ।

संवैधानिक परिषद्‌मा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख हुन्छन् । संवैधानिक परिषद्को सिफारिस संसदीय विशेष सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

SHARE