अमिर दोङको अभिनयमा ‘ ह्वम्ला मायासे ब्याक अगेन’ सार्वजनिक (भिडिओ)

‘ह्वम्ला मायासे ब्याक अगेन’ बोलको गीत सार्वजनिक गरिएको छ।

मंगलवार सार्वजनिक गीतमा विशाल कल्तान र जितु लोप्चन  स्वर छ। यसको भिडिओमा  नायक अमिर दोङ ,अस्मिता लामाको अभिनय रहेको छ । एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका नायक अमिर दोङ , स्मिता लामाले यो गीतमा अभिनय गरेका हुन्।

विशाल कल्तानको शब्द संगीत रहेको गीतलाई, एरेन्ज /मिक्सिङ / मास्टर दिपेश प्रधान  गरेका हुन्। अमिर दोङको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो।

विक्रम लामा (मोक्तान) को छायांकन/सम्पादन रहेको छ भने निर्माण पेमा योञ्जनले गरेका हुन् गीतलाई डम्फु मिडिया प्रा.लि.अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।
https://youtu.be/FCQbhIeivU8?si=BQUz2stoClkwZjIh
SHARE