पाकिस्तानी फास्ट बलर प्रशिक्षक मोर्ने मोर्केलले राजीनामा दिए

पाकिस्तानी फास्ट बलर प्रशिक्षक मोर्ने मोर्केलले राजीनामा दिएका छन् । सम्झौता सकिनु ६ हप्ता अघि मोर्केलले पदबाट राजीनामा दिएका हुन् ।

सोमबार पाकिस्तानी क्रिकेट बोर्डले यसको पुष्टि गर्दै मोर्केलले पदबाट राजीनामा दिएको बताए । पाकिस्तान विश्वकपको समूह चरणबाट बाहिरिएसँगै मोर्केलको राजीनामा बाहिर आएको हो । बोर्डले उचित समयमा उनको विकल्प घोषणा गरिने बताएको छ । मोर्केलको सम्झौता यस वर्षको अन्तिमसम्म रहेको थियो ।

विश्वकपपछि आईपीएल र साउथ अफ्रिका टी ट्वान्टीको प्रतिबद्धतालाई ध्यानमा राखेर उनले पुनर्मुल्याङकनको अपेक्षा गरेका थिए । विश्वकपपछि अष्ट्रेलियाको भ्रमणले उनको प्रतिबद्धतामा अस्थिरता आएको थियो । मोर्केल यस वर्षको जुनमा कोचिङ्ग स्टाफको रुपमा नियुक्त भएका थिए । मिकी अर्थर टिम निर्देशकको रुपमा आएपछि मोर्केल कोचिङ्ग स्टाफमा आएका हुन् ।

मोर्केलको पहिलो कामको रुपमा जुनमा श्रीलंकाविरुद्धको दुई म्याचको टेष्ट सिरिज रहेको थियो । जुन पाकिस्तानले २–० ले जितेको थियो । श्रीलंकामै अफगानिस्तान विरुद्ध खेलिएको तीन वान डेमा समेत पाकिस्तानले क्लिन स्विप गरेको थियो । फास्ट बलर हरिस रौफ र नासिम साहले चोट बोकेपछि पाकिस्तान एसिया कपको फाइनलमा स्थान बनाउन असफल भएको थियो ।

SHARE