‘कमेडी च्याम्पियन’का सुशान्त भेन्टिलेटरमा भर्ना

कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटना भयो ।दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र भएका एक जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

उक्त घटनामा घाइतेमध्ये सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको मध्यपुर ठिमी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार उनको अवस्था अचेत रहेको बताइएको छ ।नवलपरासी घर भई हाल काठमाडौं बस्दै आएका बस्याल एक स्ट्याण्डअप कमेडियन हुन् । उनी स्ट्याण्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’बाट चर्चामा आएका हुन् ।

दुर्घटनामा घाइते भएका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।टाउको गहिरो चोट लागेको बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घण्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत छन् ।

दुर्घटनामा परेका अन्य तीन जनालाई समेत सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ ।दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी प्रहरी हिरासतमा छन् । मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

SHARE