जापान महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

जापान महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नर्वेलाई पराजित गर्दै जापान महिला विश्वकपको अन्तिम आठमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डको विलिङटन रंगशालामा भएको खेलमा जापानले नर्वेलाई ३–१ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको जापानले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ५०औँ मिनेटमा रिसा शिमिजुले गोल गर्दै जापानलाई २–१ गोलको अग्रतामा पुर्‍याइन् । खेलको ८१औँ मिनेटमा हिनाटा मियाजावाले गोल गर्दै जापानलाई ३–१ गोलको जित दिलाएकी हुन् ।

जापानले अब क्वार्टरफाइनलमा अमेरिका र स्वीडेनबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

SHARE