नेकपा माओवादी केन्द्र जिरी- काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो बृहत् भेलाको भव्य तयारी

नेकपा माओवादी केन्द्र जिरी- काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो बृहत् भेला भव्य रुपमा हुने जनाएको छ।

जोरपाटी नारायणटार जुम क्याफेमा जेठ १७ गते शनिवार हुने बृहत् भेलाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका नगर अध्यक्ष कर्म शेर्पाले जानकारी  दिए ।

देशभर बृहत् भेला चलिरहेको र  जिरी काठमाडौ सम्पर्क समन्वय समितिको पनि जेठ १७ गते अधिवेशन हुने गरी तयारी गरिएको उनले जानकारी दिए।

त्यस्तै बृहत् भेलाले २७ सदस्यीय समिति चयन गर्ने छ। समन्वय समितिको नेतृत्व लिन धेरैको आकांक्षा रहे पनि सहमतिमै नेतृत्व चयन गरिने  शेर्पाले बताए ।

SHARE