सरकारी उपहार बेचेको अभियोगमा पाकिस्तानका पुर्ब प्रधानमन्त्री इमरान खान पक्राउ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको हो ।

यसअघि उनलाई इस्लामावादको एक अदालतले तीन वर्षको जेल सजाय र एक लाख जरिवाना सुनाएको छ । खानलाई गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

खानको पार्टी तेहरिक ए इन्साफले भने अदालतको फैसलालाई पक्षपातपूर्ण भनेको छ । उनको पार्टीले यसविरुद्ध सर्वोच्च अदालत जाने पनि जनाएको छ ।

SHARE